नेप्सेले १० अङ्कको सुधार गर्दै बनायो बुलिश क्यान्डल !

आज आइतबार १०.२८ अङ्कले बढेर ०.४९% वृद्धिको साथ नेप्से परिसूचक २१२३.८३ अंकमा बन्द भएको छ। कारोबार भएका २१९ कम्पनीमध्ये ११८ कम्पनी उकालो लागेको छन्, ५९ कम्पनी ओरालो लागेका छन् भने ३ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएको १ उप-समुहबाहेक बाँकी १२ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

बजार पुँजीकरण बढेर ३० खर्ब ३० अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: August 7, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः २५०) जसले बजारमा भोलाटाइलिटी घटेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड भन्दा माथि २१२३.८३ मा बन्द भएको छ। आज बजारमा खरिदकर्ता हावी भएको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन घटेर ३४.१२ मा आएको  देखाउँछ। हिस्टोग्राम घटेर ०.४३ मा आएको छ। एमएसिडी लाइनले तलबाट सिग्नल लाइनलाई क्रस गरेर माथि गईरहेको थियो तर अब झुकेर पुन: सिग्नल लाइनलाई क्रस गर्न आँटेको छ। सिग्नल लाइन बढेर ३३.६९ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा खरिदकर्ताको मोमेन्टम बढ्न थालेको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन र  -१४ डिएमआई लाइन दुबै तल फर्किएका छन्। सिग्नल लाइनले -१४ डिएमआई लाइनलाई क्रस गरेर तलतिर गएको छ। आज – १४ डिएमआई लाइन तल फर्केको छ जसले बजारमा खरिद बढेको जनाउँछ।

४. क्यान्डलस्टिक

नेप्सेले आज ‘बुलिश क्यान्डल’ बनाएको छ जसले बजारमा खरिद बढेको देखाउँछ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: August 7, 2022

क्युमुलेटिभ एडी लाइन –६४८८ देखि बढेर –६४२९ मा आएको छ। नेप्सेको कुल भोल्युम ५१५६६६९ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(६१९९४०२) को ८३ प्रतिशत देखिएको छ।

नेप्से आज मिडल  ब्याण्डभन्दा माथि २१२३.८२ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा माथि ३४.१२ मा आएको छ र  सिग्नल लाईन भने जिरो लाइन भन्दा माथि ३३.६९ मा देखिएको छ  भने हिस्टोग्राम हिजो भन्दा घटेर ०.४२ मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम बढ्न थालेको देखाउँछ।

आज +१४ डिएमआई लाइन र  -१४ डिएमआई लाइन दुबै तल फर्किएका छन्। सिग्नल लाइनले -१४ डिएमआई लाइनलाई क्रस गरेर तलतिर गएको छ। आज – १४ डिएमआई लाइन तल फर्केको छ जसले बजारमा खरिद बढेको देखिन्छ। आज आरएसआइ ५२.७८ बाट बढेर ५४.१६ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम हल्का बढेको जनाउँछ।

पिभोट इन्डेक्सको आधारमा नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २००० को आसपास देखिन्छ भने नेप्सेको नजिकको अवरोध २२५० को क्षेत्र रहेको देखिन्छ।#nepsetech

Comments

Back to top