नेप्से इन्ट्राडे अपडेट: लगभग ५ अङ्कको गिरावट !

आज नेप्से बजार केही अङ्कले घटेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २११० को नजिक आएको छ। ४.४२ अंकले घटेर नेप्से परिसूचक २१०९.०३ मा आएको हो । आज २ घण्टामा लगभग १ अर्ब २६ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा एनआईसी एशिया सेलेक्ट फन्ड ३० रहेको छ जसको ७.२६% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा साम्लिंग पावर कम्पनी रहेको छ जसले ४.४० % गुमाएको छ । #nepseintraday

Comments

Back to top