चन्द्रागिरी हिल्सको नाफा साढे २ करोड !
चन्द्रागिरी हिल्सले गत आर्थिक वर्षका चौथो त्रैमाससम्ममा साढे २ करोड बढी नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ।
अघिल्लो आर्थिक वर्षसम्ममा २४ करोड ६२ लाख रुपैयाँ घाटामा रहेको कम्पनीले गत आर्थिक वर्षमा उक्त घाटा कम गर्दै २ करोड ५५ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको हो ।
गत वर्ष व्यवसाय सञ्चालनबाट कम्पनीले ६६ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २२ करोड १९ लाख रुपैयाँ मात्र थियो।
नाफामा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ ६७ पैसा पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १७ रुपैयाँ ७८ पैसाले नकारात्मक थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ २९ पैसा छ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ छ। जगेडा कोष भने ३९ करोड ४४ लाख रुपैयाँल ऋणात्मक छ।
Comments