भारतमा रिपोको रेट बढ्यो , ब्याजदर अझै बढ्ने सङ्केत !

भारतको केन्द्रीय बैंक रिजर्ब बैंक अफ इन्डिया(आरबीआई)ले रिपो रेट बढाएको छ । आरबीआईका गभर्नर शक्तिकान्त दासले ४.९० प्रतिशतबाट रिपोदरलाई बढाएर ५.४० प्रतिशत पुगेको जानकारी दिए ।

आरबीआई गभर्नर दासले चालु वर्षमा भारतको आर्थिक वृद्धिदर ७.२ प्रतिशत हुने तथा चालु खाता घाटाबाट चिन्ता लिनु नपर्ने बताए । रिपोको ब्याजदर ०.५० प्रतिशतले बढाएपछि बैंकबाट ऋण लिएर घर तथा गाडी किन्नेले मासिक रुपमा तिर्नुपर्ने इएमआई बढ्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘भारतीय अर्थतन्त्रमा मुद्रास्फीतिको प्रभाव पर्ने छ,विश्वव्यापी मुद्रास्फीति चिन्ताको विषय हो,’आरबीआई गभर्नर दासले भने । आरबीआईले सहरी क्षेत्रमा मागमा सुधार देखिएको तथा चालु वर्षमा बैंकहरुको कर्जाको वृद्धिदर १४ प्रतिशतले हुने जनाएको छ ।

Comments

Back to top