शुभ लक्ष्मी कोषको इकाईका लागि आवेदन खुला
लक्ष्मी क्यापिटलले साउन १९ गते देखि ओपन इन्डेड म्युचुअल फण्ड निष्काशनमा ल्याएको छ। क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने शुभ लक्ष्मी कोष निष्काशनमा ल्याएको हो।
सो योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको ५ करोड इकाईमध्ये न्यूनतम ७५ लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरि ४ करोड २५ लाख इकाई निष्काशन गरेको हो। सोमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई निष्काशन गरेको हो।
सो इकाईका लागि साउन २३ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति भदौ २ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५० लाख इकाईका लागि आवेदन दिन सकिनेछ।
सो कोषको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।
Comments