नेप्सेमा भारी अङ्कको गिरावट हुँदा क्यान्डल बन्यो ‘बियरिश मारुबुजु’, बजारमा बिक्री बढेको सङ्केत !
आज बिहिबार ३८.६१ अङ्कले घटेर १.७७% गिरावटको साथ नेप्से परिसूचक २१४८.१६ अंकमा बन्द भएको छ। कारोबार भएका २१५ कम्पनीमध्ये १९ कम्पनी उकालो लागेको छन्, १६१ कम्पनी ओरालो लागेका छन् भने शून्य कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
बजार पुँजीकरण घटेर ३० खर्ब ६५ अर्ब पुगेको छ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः २८०) जसले बजारमा भोलाटाइलिटी घटेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड भन्दा माथि २१४८.१६ मा बन्द भएको छ। आज बजारमा बिक्रीकर्ता ज्यादै हावी भएको देखिन्छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन घटेर ४२.७५ मा आएको देखाउँछ। हिस्टोग्राम घटेर १०.२० मा आएको छ। एमएसिडी लाइनले तलबाट सिग्नल लाइनलाई क्रस गरेर माथि गईरहेको थियो तर अब झुक्न आँटेको छ। सिग्नल लाइन बढेर ३२.५६ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा बिक्रीकर्ताको मोमेन्टम धेरै बढेको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन तल र -१४ डिएमआई लाइन माथि फर्किएका छन्। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर पुन: तलतिर जान आँटेको छ। आज – १४ डिएमआई लाइन माथि फर्केको छ जसले बजारमा बिक्री धेरै बढेको जनाउँछ।
४. क्यान्डलस्टिक
नेप्सेले आज ‘बियरिश मारुबुजु क्यान्डल’ बनाएको छ जसले बजारमा व्यापक बिक्री भएको देखाउँछ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन –६२२० देखि घटेर –६३६२ मा आएको छ। नेप्सेको कुल भोल्युम ८१३५०६४ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(६१४२६४१) को १३२ प्रतिशत देखिएको छ।
नेप्से आज मिडल ब्याण्डभन्दा माथि २१४८.१६ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा माथि ४२.७५ मा आएको छ र सिग्नल लाईन भने जिरो लाइन भन्दा माथि ३२.५६ मा देखिएको छ भने हिस्टोग्राम हिजो भन्दा घटेर १०.२० मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम घटेको देखाउँछ।
+१४ डिएमआई लाइन तल र -१४ डिएमआई लाइन माथि फर्किएका छन्। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर पुन: तलतिर जान आँटेको छ। आज – १४ डिएमआई लाइन माथि फर्केको छ जसले बजारमा बिक्री धेरै बढेको देखिन्छ। आज आरएसआइ ६५.२८ बाट घटेर ५८.२६ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम धेरै घटेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २०६० को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २२३० को एरिया रहेको देखिन्छ।#nepsetech
Comments