नेप्सेले ‘बियरिश स्पिनिंग टप क्यान्डल’ बनाउँदा करिब ७ अङ्कको गिरावट, बजारको दिशा अझै पनि अनिश्चित !
आज बुधबार ६.७१ अङ्कले घटेर ०.३१% गिरावटको साथ नेप्से परिसूचक २१८६.७७ अंकमा बन्द भएको छ। कारोबार भएका २१८ कम्पनीमध्ये ९६ कम्पनी उकालो लागेको छन्, ७७ कम्पनी ओरालो लागेका छन् भने ७ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका ४ उपसमूह बाहेक बाँकी ९ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
बजार पुँजीकरण घटेर ३१ खर्ब २० अर्ब पुगेको छ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः ३०८) जसले बजारमा भोलाटाइलिटी घटेको इङ्गित गर्दछ। बजार आज अपर ब्याण्ड भन्दा तल २१८६.७७ मा बन्द भएको छ। आज बजारमा बिक्रीकर्ता हावी भएको देखिन्छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन बढेर जिरो लाइन भन्दा माथि ४५.०७ मा आएको देखाउँछ। हिस्टोग्राम घटेर १५.०६ मा आएको छ। एमएसिडी लाइनले तलबाट सिग्नल लाइनलाई क्रस गरेर माथि गईरहेको थियो तर अब झुक्न आँटेको छ। सिग्नल लाइन बढेर जिरो लाइन भन्दा माथि ३०.०१ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा बिक्रीकर्ताको मोमेन्टम बढेको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन हल्का माथि र -१४ डिएमआई लाइन तल फर्किएका छन्। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको थियो तर अब सिधा भई माथि फर्किएको छ। आज – १४ डिएमआई लाइन हल्का तल फर्केको छ जसले बजारमा बिक्री पनि थोरै बढेको जनाउँछ।
४. क्यान्डलस्टिक
नेप्सेले आज ‘बियरिश स्पिनिंग टप क्यान्डल’ बनाएको छ जसले बजारको दिशा अनिश्चित भएको सङ्केत गर्छ। त्यसकारण, लगानीकर्ता सावधान हुनुपर्ने देखिन्छ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन –६२३९ देखि बढेर – ६२२० मा आएको छ। नेप्सेको कुल भोल्युम ५१५८५९० रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(६०१६८३४) को १५२ प्रतिशत देखिएको छ।
नेप्से आज अपर ब्याण्डभन्दा तल २१८६.७७ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा माथि ४५.०७ मा आएको छ र सिग्नल लाईन भने जिरो लाइन भन्दा माथि ३०.०१ मा देखिएको छ भने हिस्टोग्राम हिजो भन्दा घटेर १५.०६ मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम घटेको देखाउँछ।
+१४ डिएमआई लाइन हल्का माथि र -१४ डिएमआई लाइन तल फर्किएका छन्। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको थियो तर अब सिधा भई माथि फर्किएको छ। आज – १४ डिएमआई लाइन हल्का तल फर्केको छ जसले बजारमा बिक्री पनि थोरै बढेको देखिन्छ। आज आरएसआइ ६६.०८ बाट घटेर ६५.२८ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम थोरै घटेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २०६० को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २२५० को एरिया रहेको देखिन्छ।#nepsetech
Comments