पाँचथर पावरको नाफा र ईपीएसमा उल्लेख्य वृद्धि

पाँचथर पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा उल्लेख्य बढेको छ।

गत असार मसान्तसम्ममा कम्पनीले १६ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२८.६७ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

सो अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी २६.४९ प्रतिशत बढेर ४० करोड ३० लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा ३७.६८ प्रतिशत बढेको छ भने अन्य आम्दानी ४२९.६३ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८३ पैसा बढेर १६ रुपैयाँ ७४ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १७.२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ५ पैसा रहेको छ।

असार मसान्तसम्ममा ९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ११ करोड ६० लाख रुपैयाँ रहेको छ।

Comments

Back to top