प्रोफिट बुकिंग हुँदा नेप्सेमा झिनो वृद्धि, ‘बियरिश स्पिनिंग टप क्यान्डल’ बन्दा ‘ट्रेण्ड रिभर्स’ हुन सक्ने सम्भावना कति!

आज सोमबार १.१५ अङ्कले बढेर ०.०५% वृद्धिको साथ नेप्से परिसूचक २१९६.२५ अंकमा बन्द भएको छ। कारोबार भएका २१७ कम्पनीमध्ये ५८ कम्पनी उकालो लागेको छन्, ११५ कम्पनी ओरालो लागेका छन् भने ६ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका ५ उपसमूह बाहेक बाँकी ८ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

बजार पुँजीकरण बढेर ३१ खर्ब ३६ अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: August 1, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः ३०५) जसले बजारमा भोलाटाइलिटी बढेको इङ्गित गर्दछ। बजार आज अपर ब्याण्ड भन्दा तल २१९६.२५ मा बन्द भएको छ। आज बजारमा खरिदकर्ता हल्का हावी भएको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन बढेर जिरो लाइन  भन्दा माथि ४०.०४ मा आएको  देखाउँछ। हिस्टोग्राम बढेर पोजेटिभ १८.०९ मा आएको छ। एमएसिडी लाइनले तलबाट सिग्नल लाइनलाई क्रस गरेर माथि गईरहेको छ। सिग्नल लाइन बढेर जिरो लाइन भन्दा माथि २१.९५ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा खरिदकर्ताको मोमेन्टम थोरै बढेको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन माथि र  -१४ डिएमआई लाइन तल फर्किएका छन्। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको थियो तर अब सिधा भई माथि फर्किएको छ। आज – १४ डिएमआई लाइन तल फर्केको छ जसले बजारमा थोरै खरिद बढेको जनाउँछ।

४. क्यान्डलस्टिक

नेप्सेले आज ‘बियरिश स्पिनिंग टप क्यान्डल’ बनाएको छ जसले बजारमा ‘ट्रेण्ड रिभर्स’ हुन सक्ने सङ्केत गर्छ। त्यसकारण, लगानीकर्ता सावधान हुनुपर्ने देखिन्छ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: August 1, 2022

क्युमुलेटिभ एडी लाइन –६१७२ देखि घटेर – ६२२९ मा आएको छ। नेप्सेको कुल भोल्युम १००८७६५५ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(५५९०८६०) को १८० प्रतिशत देखिएको छ।

नेप्से आज अपर  ब्याण्डभन्दा तल २१९६.२५ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा माथि ४०.०४ मा आएको छ र  सिग्नल लाईन भने जिरो लाइन भन्दा माथि २१.९५ मा देखिएको छ  भने हिस्टोग्राम हिजो भन्दा बढेर १८.०९ मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम हल्का बढेको देखाउँछ।

+१४ डिएमआई लाइन माथि र  -१४ डिएमआई लाइन तल फर्किएका छन्। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको थियो तर अब सिधा भई माथि फर्किएको छ। आज – १४ डिएमआई लाइन तल फर्केको छ जसले बजारमा थोरै खरिद बढेको देखिन्छ। आज आरएसआइ ६६.९९ बाट बढेर ६७.०९ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम थोरै बढेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २०६० को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २२५० को एरिया रहेको देखिन्छ।#nepsetech

Comments

Back to top