करिब ५५ अङ्कको वृद्धि हुँदा नेप्सेले बनायो ‘बुलिश मारुबुजु क्यान्डल’, खरिदकर्ताद्वारा बजार नियन्त्रण !
आज आइतबार ५४.५८ अङ्कले बढेर २.५५% वृद्धिको साथ नेप्से परिसूचक २१९५.१० अंकमा बन्द भएको छ। कारोबार भएका २२० कम्पनीमध्ये १२६ कम्पनी उकालो लागेको छन्, ५१ कम्पनी ओरालो लागेका छन् भने ३ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका १ उपसमूह बाहेक बाँकी १२ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
बजार पुँजीकरण बढेर ३१ खर्ब ३४ अर्ब पुगेको छ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः २७७) जसले बजारमा भोलाटाइलिटी बढेको इङ्गित गर्दछ। बजार आज अपर ब्याण्ड भन्दा माथि २१९५.१० मा बन्द भएको छ। आज बजारमा खरिदकर्ता हावी भएको देखिन्छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन बढेर जिरो लाइन भन्दा माथि ३४.८४ मा आएको देखाउँछ। हिस्टोग्राम बढेर पोजेटिभ १७.४१ मा आएको छ। एमएसिडी लाइनले तलबाट सिग्नल लाइनलाई क्रस गरेर माथि गईरहेको छ। सिग्नल लाइन बढेर जिरो लाइन भन्दा माथि १७.४२ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा खरिदकर्ताको मोमेन्टम बढेको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन माथि र -१४ डिएमआई लाइन तल फर्किएका छन्। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको थियो तर अब सिधा भई माथि फर्किएको छ। आज – १४ डिएमआई लाइन तल फर्केको छ जसले बजारमा खरिद बढेको जनाउँछ।
४. क्यान्डलस्टिक
नेप्सेले आज ‘बुलिश मारुबुजु क्यान्डल’ बनाएको छ जसले बजारमा खरिदकर्ता ज्यादै नै हाबी भएको जनाउँछ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन –६२४७ देखि बढेर – ६१७२मा आएको छ। नेप्सेको कुल भोल्युम ९८९०७६९ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(५३५६३९५) को १८५ प्रतिशत देखिएको छ।
नेप्से आज अपर ब्याण्डभन्दा माथि २१९५.१० मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा माथि ३४.८४ मा आएको छ र सिग्नल लाईन भने जिरो लाइन भन्दा माथि १७.४२ मा देखिएको छ भने हिस्टोग्राम हिजो भन्दा बढेर १७.४१ मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम राम्रोसँग बढेको देखाउँछ।
+१४ डिएमआई लाइन माथि र -१४ डिएमआई लाइन तल फर्किएका छन्। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको थियो तर अब सिधा भई माथि फर्किएको छ। आज – १४ डिएमआई लाइन तल फर्केको छ जसले बजारमा खरिद बढेको देखिन्छ। आज आरएसआइ ६२.०२ बाट बढेर ६६.९९ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम बढेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २०६० को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २२५० को एरिया रहेको देखिन्छ।#nepsetech
Comments