मुद्रास्फीतिबाट बच्न जिम्बावेमा दैनिक कारोबारमा सुनको सिक्का प्रयोग !

जिम्बावेमा दैनिक लेनदेनमा सुनको सिक्का प्रयोग हुन थालेको हो । गत सोमबारदेखि जिम्बावेको रिजर्भ बैंकले देशको कमजोर गएको मुद्रालाई बलियो बनाउने उदेश्यसहित सुनको सिक्काको प्रयोग गर्न थालेको हो ।

जिम्बावेको रिजर्ब बैंकका गभर्नर जोन मंगुड्याकाअनुसार पसलहरूमा खरिदका लागि पनि सुनका सिक्का प्रयोग गर्न सकिनेछ । कुनै पनि व्यक्ति वा कम्पनीले जिम्बावेका बैंकहरू जस्ता आधिकारिक आउटलेटहरूबाट सिक्का किन्न सक्नेछन् । सिक्काहरू बैंकमा राख्न वा घर लैजान सकिनेछ । विदेशी नागरिकले विदेशी मुद्रामा मात्र सिक्का किन्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

सिक्का भएका व्यक्तिहरूले खरिद गरेको १८० दिनपछि मात्र यसलाई नगदमा कारोबार गर्न सक्नेछन् । २२ क्यारेट शुद्धता भएको प्रत्येक एक ट्रय औंस तौलका सिक्कालाई ऋण तथा ऋण सुविधाको सुरक्षाका लागि पनि प्रयोग गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । सिक्काको मूल्य एक औंस सुनको लागि अन्तर्राष्ट्रिय बजारदर र सिक्का उत्पादन लागतको पाँच प्रतिशतले निर्धारण गरिएको बताइएको छ ।

केन्द्रीय बैंकले सोमबार वाणिज्य बैंकहरुलाई २ हजार सिक्का वितरण गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार २००८ मा भएको उच्च मूल्यवृद्धि र स्थानीय मुद्राको ठूलो अवमूल्यनका कारण धेरै मान्छेको बचत रकम अवमूल्यन ठूलो नोक्सान भएको थियो । त्यो विनाशकारी मुद्रास्फीतिको कारण जिम्बाब्वेका जनताले अमेरिकी डलरम घरमै बचत गर्ने गरेका छन् ।

मुद्रास्फीतिलाई नियन्त्रण गर्नका लागि सुनका सिक्काहरु प्रभावकारी हुने जिम्बावेको केन्द्रिय बैंकले आंकलन गरेको छ ।

Comments

Back to top