नेप्सेको साप्ताहिक प्राविधिक विश्लेषण, क्यान्डल बन्यो ‘बुलिश मारुबुजु’ !

गत साता ०.४०% ले बढेको नेप्से यो साता ६.१०% ले बढेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार २०२७.८० को बिन्दुमा खुलेको नेप्से २१५६.१० को उच्च  बिन्दुसम्म पुगेको थियो।  नेप्सेले यस साता  करिब १२३ अङ्क हासिल गर्यो। हप्ताको अन्तिम कारोबार दिन शुक्रबार लगभग १३ अंक बढेर नेप्से २१४०.५२ मा बन्द भएको छ।  

साताभरिमा सबै १३ उप-समुहहरु सेयर मूल्य उकालो लागेका छन् ।

यस साताको टप गेनर्स (Top Gainers)

यस साताको टप लुजर्स (Top Losers)

यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Volume )

टप ब्रोकर

प्राविधिक विश्लेषण

NEPSE WEEKLY UPDATE: JULY 30, 2022

अघिल्लो साता ‘ग्रेभ स्टोन डोजी’ क्यान्डल बनाउँदै हल्का उकालो लागेको नेप्सेले यस साता भने ‘बुलिश मारुबुजु क्यान्डल’ बनाएको देखिन्छ जसले बजारमा खरिदकर्ताको चाप बढेको सङ्केत गर्छ। यस साताको क्लोजिंग मिडल ब्याण्ड भन्दा मुनि भएको छ तर ब्याण्ड भने खुम्चिन थालेको देखिन्छ जसले बजारमा उतारचढाव कम हुन थालेको जनाउँछ। एमएसिडि लाईन बढेर जिरो लाइन भन्दा तल – १५८.०८ मा आएको छ र हिस्टोग्राम बढेर पोजिटिभ ०.९३ मा पुगेको छ जसले बजारमा खरिदको मोमेन्टम धेरै बढेको देखाउँछ ।  सिग्नल लाईन पनि घटेर जिरो लाईन भन्दा तल -१५९.०२ मा आएको छ। -१४ डिएमआई लाईन +१४ डिएमआई लाईन भन्दा माथि रहेको देखिन्छ र –१४ डिएमआई लाईन तल फर्किएको छ जसले बजारमा खरिद बढेको बुझाउँछ। आरएसआइ ३६.११ बाट बढेर ४३.३३ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम बढेको देखिन्छ ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २००० को एरिया हुन्छ भने  नेप्सेको आगामी दिनको अवरोध २२३० को एरिया देखिन्छ।#nepseweekly

Comments

Back to top