विश्व-अर्थतन्त्र थप संकटमा तर एशियाको अर्थतन्त्र अमेरिका र युरोपभन्दा राम्रो !

आगामी वर्षका लागि विश्वका कैयौं देशहरूकाे अर्थतन्त्रमा संकट पर्ने देखिएको छ । महंगीमा नियन्त्रण गर्नका लागि कैयौं देशहरुका केन्द्रिय बैंक ब्याजदर बढाउन बाध्य भएका छन् । तर, भारतमा भने आर्थिक मन्दीको सम्भावना देखिएको छैन ।

ब्लुमबर्गको एक सर्वेक्षणमा विश्वभरका अर्थशास्त्रीहरुले यस्ताे धारणा व्यक्त गरेका हुन् । सर्वेक्षण अनुसार सबैभन्दा खराब आर्थिक अवस्था भएको श्रीलंकाका लागि आउँदो वर्ष थप नाजुक प्रमाणित हुन सक्छ । श्रीलंकामा ८५ प्रतिशतसम्मको मन्दिको अनुमान गरिएकाे छ ।

अर्थशास्त्रीहरुले न्यूजील्याण्डमा ३३ प्रतिशत, ताइवानमा २० प्रतिशत, अष्ट्रेलियामा २० प्रतिशत र फिलिपिन्समा ८ प्रतिशत आर्थिक संकट देखिने संभावना भएको बताएका छन् । यूरोप र अमेरिकाको तुलनामा एशियाली अर्थतन्त्र धेरै हदसम्म लचिलो बनेको छ । चीन भने आर्थिक संकटमा पर्ने आशंका २० प्रतिशतसम्म रहेको छ । यसैगरी, दक्षिण कोरिया र जापानमा पनि आर्थिक मन्दिको सम्भावना २५ प्रतिशतसम्म छ । जर्मनी, फ्रान्स जस्ता युरोपियन राष्ट्रहरु उर्जाको मूल्य वृद्धिका कारण सबैभन्दा धेरै प्रभावित भएका छन् ।

मुडिजका प्रमुख अर्थशास्त्री स्टिभन कोरेनका अनुसार एशियाली अर्थतन्त्रमाथि मन्दीको जोखिम भएपनि यसको अवस्था अमेरिका र युरोपेली राष्ट्रहरुभन्दा राम्रो रहेको छ । जर्मनी, फ्रान्स जस्ता राष्ट्रहरु मूल्यवृद्धि र मुद्रास्फीतीका कारण धेरै समस्या छन् । एशियामा मन्दिको जोखिम २० देखि २५ प्रतिशतको दायरामा रहे पनि अमेरिकामा ४० प्रतिशत र युरोपमा भने ५० देखि ५५ प्रतिशतले जोखिम बढेको छ ।

ब्लुमबर्गका अनुसार, इटलीमा मन्दी आउने ६५ प्रतिशत अनुमान गरिएको छ । तर फ्रान्समा ५० प्रतिशत र जर्मनीमा ४५ प्रतिशतको अनुमान गरिएको छ । बेलायतमा मन्दी आउने ४५ प्रतिशत सम्भावना देखिएको छ ।

स्रोत: एजेन्सी

Comments

Back to top