अमेरिकामा मुद्रास्फीति ४० वर्षयताकै उच्च, फेरि बढ्यो बजारको ब्याजदर!

अमेरिकामा मुद्रास्फीति ४० वर्षयताकै उच्च विन्दुमा पुगेको छ।

बढ्दो महँगीलाई नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि एकपटक ब्याजदरमा ठूलो वृद्धि गरेको छ। बैंकले लगातार दोस्रोपटक ब्याजदर ०.७५ प्रतिशतले बढाएको हो।

अमेरिकामा संघीय कोषको लक्ष्य कर्जा दर अर्थात् केन्द्रीय बैंकबाट स्वदेशी बैंकले लिने दरलाई २.२५ प्रतिशतबाट २.५ प्रतिशतमा पुर्याइएको छ। अमेरिकाको केन्द्रीय बैंकले अर्थतन्त्रमा मागको स्तर र मूल्य घटाउन मार्चदेखि ऋणको लागत बढाउँदै आएको छ। तर, यो कदमले अमेरिकालाई मन्दीतर्फ लैजान्छ कि भन्ने डर बढ्दै गएको छ।

धेरैले यो साताको आधिकारिक तथ्यांकले लगातार दोस्रो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र कमजोर भएको देखाउने अपेक्षा गरेका छन्।

पत्रकार सम्मेलनमा फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले अर्थतन्त्रको केही भाग सुस्त भएको स्वीकार गरे। तर, मुद्रास्फीतिलाई नियन्त्रण गर्न बैंकले जोखिमका बाबजुद आगामी महिनामा ब्याजदर बढाउने उनले बताए।

स्रोत: एजेन्सी

Comments

Back to top