बैंकिङ प्रणालीमा थप संकट आउन सक्ने आईएमएफको चेतावनी

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आगामी दिनमा बैंकिङ प्रणालीमा संकट आउन सक्ने चेतावनी दिएको छ । बुधबार सार्वजनिक गरेको ग्लोबल इकोनमिक आउटलुकमा आगामी दिनमा अर्थतन्त्रको अवस्था थप धरासायी हुने जनाएको छ ।

यस्तै आईएमएफले मौद्रिक नीतिमा गरिएको कडाइले ब्याजदर बढेकाले तत्काल हेर्दा बैंक तथा वित्तीय संस्थाको आम्दानी बढे पनि आगामी दिनमा कर्जा लिनेको संख्या घट्ने र खराब कर्जा बढ्ने सम्भावना देखिएको जनाएको छ ।

सचेत भएर बृहत् विवेकशिल औजार (म्याक्रो प्रुडेन्सिएल टुल्स) प्रयोग गर्न नसकिए वित्तीय संस्था गम्भीर संकटमा पर्ने र त्यसले सम्रग वित्तीय प्रणालीलाई प्रभावित पार्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

Comments

Back to top