श्रीलंकामा एक वर्षका लागि पेट्रोल र डिजेल आयात बन्द !

विदेशी मुद्राको अभाव झेलिरहेको श्रीलंका सरकारले आगामी एक वर्षका लागि पेट्रोल र डिजेल आयातमा अंकुश लगाउने निर्णय गरेको छ।

श्रीलंका सरकारले जुन २७ गतेदेखि इन्धन र अत्यावश्यक वस्तुको आपूर्तिमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

समाचार एजेन्सी पीटीआईका अनुसार श्रीलंकाका बिजुली तथा ऊर्जामन्त्री कञ्चन विजास्केराले रासन वितरण प्रणालीको घोषणा गर्दै यस्तो प्रतिबन्धको जानकारी दिएका हुन्। विजस्केराले सोमबार ट्विट गर्दै दैनिक इन्धनको माग पूरा गर्न नसकिने भएकाले क्यूआर प्रणाली लागू गरिने उल्लेख गरेका छन्।

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंका सरकारले इन्धन योजना ल्याएको छ। जसअन्तर्गत शनिबारका दिन साप्ताहिक रासनजस्तै इन्धन वितरण गरिनेछ।

Comments

Back to top