ट्विटर प्रकरण : एलन मस्कलाई जेल पनि हुन सक्ने !

एलन मस्कको ट्विटर किन्ने सम्झौता रद्द गरेपछि यो मुद्दामा सनसनीपूर्ण अपडेट आएको छ।

सम्झौताबाट पछि हटेपछि सोसल मिडिया कम्पनी ट्विटरले अमेरिकाको डेलावेयर अदालतमा एलन मस्कविरुद्ध मुद्दा दायर गरेको छ। अदालतले यो मुद्दामा अक्टोबरमा दुवै पक्षलाई सुनुवाइ गर्ने जनाएको छ।

४४ अर्ब डलरको ट्विटर सम्झौताका सम्बन्धमा दायर मुद्दामा अदालतको यो पहिलो फैसला हो। न्यायाधीशले ट्विटर र एलन मस्कको अधिग्रहण सम्झौताको सम्बन्धमा अक्टोबर २०२२ मा मुद्दा चलाउने बताएका छन्। यस मुद्दामा करिब दुई घन्टा लामो सुनुवाइपछि डेलावेयर अदालतको चान्सरीमा न्यायाधीश क्याथलिन सेन्ट जे म्याककोर्मिकले भने कि बिलयको लेनदेन जति लामो समयसम्म लिम्बिन्छ, त्यति नै अनिश्चितता बढ्नेछ।

बिजनेस टुडेले न्युयोर्क टाइम्सको रिपोर्टलाई उद्धृत गर्दै लेखेको छ कि ट्विटरले अदालतलाई यस मुद्दालाई छिटो टुंग्याउन आग्रह गरेको छ र सेप्टेम्बरमै मुद्दाको सुनुवाइ गर्न अनुरोध गरेको छ। इलन मस्कले ट्रायलका लागि आउँदो फ्रेब्रअरीको समय चाहेका छन्। ट्रायल जति लामो हुन्छ मस्कले कम्पनीलाई मुद्दाबाट बाहिर निस्कन त्यति नै समय दिने ट्विटरले जनाएको छ।

डेलावेयर अदालतको पहिलो निर्णय एक अर्थमा ट्विटरको जित हो। किनकि ट्विटरले यो मुद्दालाई सकेसम्म चाँडो समाधान गर्न चाहन्छ। ट्विटरका वकिल बिल सविटले भने कि यस मामलामा ट्विटरले दिनको प्रत्येक घन्टा गुमाउँदैछ। अर्कोतर्फ मस्कका वकिलले ट्विटर प्लेटफर्ममा स्प्याम बटहरुको संख्या ६ प्रतिशत सही छ कि छैन भनेर अनुसन्धान गर्न समय चाहिने बताएका छन्।

विश्वका सबैभन्दा धनी व्यक्ति र टेस्लाका सीईओ एलन मस्कले अप्रिलमा ट्विटर किन्न सम्झौता गरेका थिए र जुलाईसम्ममा उनले यो सम्झौतालाई अगाडि बढाउन नसक्ने बताएका थिए। यदि मस्कले सम्झौता अन्त्य गरेमा उनलाई १ अर्ब डलर जरिवाना तिर्नुपर्नेछ।

डेलावेयर चान्सरी अदालतमा मर्जर र एक्विजिसन कानुनका विशेषज्ञ प्रोफेसर रोबर्ट मिलरका अनुसार यी जरिवाना धेरै छन् र यदि मस्कले तिर्न सकेनन् भने उनलाई जेल पठाउनु अन्तिम उपाय हुनेछ।

Comments

Back to top