ट्विटर मुद्दामा एलन मस्कलाई तनाव , अदालतको सुनुवाइ ३ महिनापछि सर्यो !

टेस्लाका सीईओ एलन मस्कलाई अमेरिकी अदालतले झट्का दिएको छ।

अमेरिकी अदालतले एलन मस्कविरुद्ध ट्विटर मुद्दाको सुनुवाइ अक्टोबरमा तय गरेको हो। एलन मस्कले यस मुद्दामा ढिलो सुनुवाइको माग गरेका थिए। उनले ट्विटर किन्न ४४ अर्ब डलरको सम्झौता गरेका थिए। पछि मस्कले यो सम्झौता तोड्ने घोषणा गरे।

त्यसपछि सामाजिक सञ्जाल कम्पनी ट्विटरले सम्झौता पूरा गराउन माग गर्दै अदालत पुगेको थियो। अदालतले एलन मस्कलाई ५४.२० डलर प्रतिसेयरको निश्चित मूल्यमा अधिग्रहण पूरा गर्न आदेश दिने ट्विटरको अपेक्षा छ।

एलन मस्कले ट्विटरले फेक अकाउन्टको जानकारी लुकाएको आरोप लगाएका छन्।

डेलावेयर अदालतका न्यायाधीशले पनि कम्पनीसँग सहमति जनाएका छन्। ती न्यायाधीशले ट्रायलमा हुने ढिलाइले अनिश्चिता झनै बढाएको बताएका छन्।

स्रोत: एजेन्सी

Comments

Back to top