अमेरिकाको मुद्रास्फीति दर ऐतिहासिक रुपमा उच्च !

अमेरिकाको मुद्रास्फीति दर सन् १९८१ अर्थात ४० वर्षपछिकै उच्च विन्दुमा पुगेको छ। मे महिनामा अमेरिकाको वार्षिक मुद्रास्फीति दर ८.६ प्रतिशत पुगेको छ। अमेरिकी घरेलु क्षेत्र संकुचित भएकाले नीति-निर्माण कर्ताहरुलाई मुद्रास्फीति दर नियन्त्रणमा ल्याउन दबाब बढिरहेको छ।

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले गत मार्च महिनादेखि ब्याजदर वृद्धि गरिरहेको छ। ब्याजदरमा गरिएको वृद्धिले आर्थिक क्रियाकलापले तीव्रता पाउने विश्वास गरिएको थियो। तर, रुस–युक्रेन युद्धका कारण तेल र गहुँजस्ता खाद्यान्नको मूल्यमा भएको वृद्धिले समस्या समाधानमा अवरोध सिर्जना भयो। मे महिनामा अमेरिकामा खाद्यान्नको मूल्य गत वर्षको तुलनामा १० प्रतिशत र तेलको मूल्य ३४ प्रतिशतले बढेको छ।

Comments

Back to top