भारतमा टिकटक फर्किने सङ्केत !

भारतले साइबर सुरक्षाको कारण देखाउँदै सन् २०२० मा टिकटकलगायतका विभिन्न चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाएको थियो ।

भारतमा पब्जी पनि प्रतिबन्धित थियो । तर, पब्जीमाथिको प्रतिबन्ध भारतले फुकुवा गरिसकेको छ । यसैबीच टिकटकले भारतमा पुनरागमन गर्ने तयारी गरिरहेको छ ।

टिकटकको मातृ कम्पनी बाइटडान्सले भारतमा आफ्नो साझेदारको खोजी गरिरहेको छ । सोही भारतीय पार्टनरको साथमा भारतमा पुनरागमन गर्ने तयारी टिकटकको रहेको छ । भारतीय साझेदारले टिकटकलाई भारतमा फिर्ता हुन सहयोग गर्ने बताइएको छ । यसले भारतमा टिकटक कम्पनीमा काम गर्ने नयाँ कर्मचारीको लागि आवेदनसमेत माग गर्नेछ ।

इकोनोमिक्स टाइम्सका लागि बाइट डान्स भारतमा फिर्ता हुनका लागि हिरानन्दनी ग्रुपसँग छलफल गरिरहेको छ । उक्त ग्रुपको डाटा सेन्टर व्यवसाय छ जुन योट्टा इन्फ्रास्ट्रक्चर सोलुसनको नाममा सञ्चालित छ ।

इकोनोमिक्स टाइम्सका अनुसार भारतमा पुनरागमनका विषयमा बाइटडान्सले सरकारसँग भने कुनै परामर्श तथा सम्पर्क नगरेको वरिष्ठ सरकारी अधिकारीले बताएका छन् ।

यदि टिकटक भारतमा फिर्ता भएमा उसले भारत सरकारको नियमानुसार काम गर्नुपर्नेछ र डाटा सेन्टर पनि भारतमै राख्नुपर्नेछ ।समाचार अनुसार बाइटडान्सले टिकटकलाई भारतमा फिर्ता गराउनका लागि पब्जीको मातृ कम्पनी क्राफ्टनकै रणनीति अनुसार का मगर्नेछ ।

भारतीय बजारमा कुनै समय निकै लोकप्रिय रहेको टिकटक पुनः भारतीय बजारमा फिर्ता भएमा उसले चिंगारी, एमएक्स टका टक तथा इन्स्टाग्राम रिल्स जस्ता एपहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

स्रोत: एजेन्सी

Comments

Back to top