चियासँग उमालेको अण्डा खानु खतरनाक!

अण्डा एउटा यस्तो खानेकुरा हो जसमा धेरै स्वास्थ्य लाभ हुन्छन् । अण्डाबाट अम्लेटजस्ता विभिन्न परिकार बनाइन्छ। तर, अधिकांश मानिस उमालेको अण्डा खान रुचाउँछन् । प्रायः बिहानको खाजामा चियासँगै उमालेको अण्डा खाने गरेको देखिन्छ । तर के तपाईलाई थाहा छ चिया र उमालेको अण्डाको संयोजन स्वास्थ्यका लागि कति खतरनाक छ भनेर !

उमालेको अण्डा खानुका फाइदा धेरै छन् भन्ने कुरामा कुनै शंका छैन । उमालेको अण्डा प्रोटिनको राम्रो स्रोत हो। यसको सेवनले शरीरको वृद्धिलाई मद्दत गर्छ। यो क्याल्सियमको भण्डार पनि हो जसको कारण तपाईको हड्डीलाई क्याल्सियम मिल्छ र ती मजबुत हुन्छन्। अण्डाले मेटाबोलिजम बढाएर तौल नियन्त्रण गर्न पनि मद्दत गर्छ।

जर्नल अफ न्यूट्रिशनमा गरिएको एक अध्ययनका अनुसार अण्डा र चिया सँगै खाँदा अण्डाको प्रोटिनको मात्रा १७ प्रतिशतसम्म घट्न सक्छ । यसरी, शरीरमा प्रोटिनको कमी हुन सक्छ जसका कारण शरीरमा धेरै गम्भीर रोगहरू आउन सक्छन्। ती समस्याहरु यस प्रकार छन् :

कब्जियत: चिया र अण्डा एउटा यस्तो रेसिपी हो जुन धेरैलाई मनपर्छ। वास्तवमा, यो संयोजनले कब्जियत निम्त्याउन सक्छ जसले तपाईंको शरीरलाई गम्भीर हानि पुर्‍याउँछ ।

छाला, कपाल र नङका समस्याहरू: प्रोटिनको कमीले छाला, कपाल र नङलाई असर गर्न सक्छ। तिनीहरू सबै प्रोटीनबाट बनेका हुन्छन्। यसको कमीले छाला रातो हुनु, नङ पातलो हुनु, कपाल पातलो हुनु, कपालको रंग फिक्का हुनु जस्ता समस्या आउन सक्छन् ।

मांसपेशीमा हानि: तपाईंको मांसपेशीहरू प्रायः प्रोटिनले बनेका हुन्छन् । यदि तपाईंको शरीरमा प्रोटिनको कमी छ भने मांसपेशी कमजोरी हुन सक्छ। वास्तवमा, मांसपेशी हानि पर्याप्त प्रोटीन प्राप्त नभएको पहिलो संकेतहरु मध्ये एक हो।

हड्डी कमजोर हुन सक्छ: शरीरले प्रयाप्त प्रोटिन नपाउँदा हड्डीहरू पनि जोखिममा हुन्छन्। प्रोटिनले हड्डीको बल र घनत्व कायम राख्न मद्दत गर्छ। पर्याप्त मात्रामा प्रोटिन नपाएमा हड्डी कमजोर बन्न सक्छ र फ्र्याक्चर हुने खतरा बढ्छ।

संक्रमणको जोखिम बढाउन सक्छ: प्रोटिनको कमीले तपाईंको प्रतिरक्षा प्रणालीलाई असर गर्छ। प्रतिरक्षा शक्तिको कमजोरीले शरीरको कुनै पनि संक्रमणसँग लड्ने क्षमता कम गर्छ ।

कलेजोमा बोसो जम्ने समस्या: चियासँग अण्डा खाँदा शरीरमा प्रोटिनको कमी हुन सक्छ जसले तपाईंलाई फ्याटी लिभरको जोखिममा पार्न सक्छ। कलेजोलगायत अन्य अंगलाई स्वस्थ र बलियो बनाउन चाहनुहुन्छ भने चियासँग अण्डा आजैबाट नखानुहोस् ।

Comments

Back to top