नेप्सेमा १५.५४ अंकको गिरावट, ६ अर्ब ६५ करोडको सेयर कारोबार!
सोमबार नेप्से परिसूचक १५.५४ अंकले घटेर २,५९४.१३ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३२२ कम्पनीको कुल १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता सेयरको करिब ६ अर्ब ६५ करोड ८ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ६३ कम्पनीको सेयर मूल्य बढेको छ, १७५ कम्पनीको मूल्यमा गिरावट छ भने ५ कम्पनीको मूल्य स्थिर रहको छ।
यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा बाराही हाइड्रोपावर पब्लिक लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा सिन्दु विकास बैँक लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १ ०% ले घटेको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४५ करोड २५ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा माछापुच्छ्रे बैँक लिमिटेडको प्रोमोटर सेयरको सबैभन्दा धेरै कारोबार भयो।
Comments