आईसीएफसी फाइनान्सले माघ ९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

 आईसीएफसी फाइनान्स लिमिटेडले आउँदो माघ ९ गतेदेखि २३ गतेसम्म ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर–२०८८’ ऋणपत्र निष्कासन गर्ने भएको छ।

कम्पनीले प्रतिडिबेन्चर १ हजार रुपैयाँका दरले कुल ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। जसमध्ये १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट र १ लाख २० हजार कित्ता सार्वजनिक निष्कासन गर्नेछ। सार्वजनिक निष्कासनमध्ये ६ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ।

यो ऋणपत्रमा घटीमा २५ कित्ता र बढीमा १ लाख २० हजार कित्ता माग गर्दै आवेदन दिन सकिनेछ। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर पाउनेछन्।

यसमा नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सि–आस्बा प्रणालीमार्फत् आवेदन दिन सकिनेछ। यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमटेडले गर्नेछ।

एजेन्सी

Comments

Back to top