भोक लागिरहनु पनि समस्या
यदी तपाईंलाई धेरै नै भोक लागिराख्छ भने त्यो कुनै गम्भीर समस्याको संकेत पनि हुन सक्छ ।
तनावका कारण पनि लगातार भोक लाग्ने हुन्छ । किनभने तनाव भएमा शरीरमा कोर्टिसोल हर्मोन बन्न थाल्छ । जसकारण धेरै भोक लाग्ने गर्छ । यसबाहेक पनि अन्य कारणहरु छन् लगातार भोक लाग्नुका जानौं ।
हाइपोथाइराइडिज्म
लगातार भोक लाग्नुको कारण हाइपोथाइराइडिज्म पनि हुन सक्छ । यसमा थाइराइडका कारण शरीरमा हर्मोनको स्तर बढ्छ जसले गर्दा आवश्यकता भन्दा धेरै भोक लाग्ने गर्छ ।
औषधी
भोक लाग्ने औषधी वा अन्य कुनै विमारीहरुको औषधीको सेवन गर्नुहुन्छ भने पनि भोक धेरै लाग्ने समस्या हुन सक्छ ।
हाइपोग्लेकेमिया
यसको अर्थ हो शरीरमा सुगरको मात्रा । शरीरमा ब्लड सुगरको मात्रा कम भएमा पनि अत्यधिक भोक लागिरहने समस्या हुन्छ । यसमा शरीरले कम ऊर्जा पाएको जस्तो महसुस गरिरहन्छ जसले गर्दा भोक लागिरहन्छ ।
डिहाइड्रेसन
गर्मीमा डिहाइडे«शनका कारण पनि धेरै भोक लाग्ने हुन्छ । जब शरीरमा पानीको कमी हुन्छ तब भोक लाग्छ र तिर्खा पनि धेरै लाग्ने गर्छ । धेरै भोक लाग्नु पनि विमारीको संकेत हो।
त्यस्तै मोटोपनका कारण पनि धेरै भोक लाग्ने समस्या हुन्छ । त्यसैले सही तौल कायम राख्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ।
एजेन्सी
Comments