सङ्खुवासभाको मकालु क्षेत्रमा वर्षापछि हिमपात, जनजीवन प्रभावित
सङ्खुवासभाको माथिल्लो क्षेत्रमा वर्षापछि हिमपात हुँदा जनजीवन प्रविभात भएको छ । चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास मंगलबार रातिदेखि हिमपात भएको स्थानीय आङकाञ्जु शेर्पाले बताए ।
उनका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का र मकालुलगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । अहिले पनि सो क्षेत्रमा हल्का वर्षा र हिउँ पर्ने क्रम जारी रहेको बताइएको छ । चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका जनाइएको छ ।
रासस
Comments