नेप्सेमा ४९.१२ अंकको वृद्धि, ६ अर्ब ३० करोडको सेयर कारोबार!

सोमबार नेप्से परिसूचक ४९.१२ अंकले बढेर २,६४०.६८ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१२ कम्पनीको कुल १ करोड ५४ लाख ६१ हजार २६४ कित्ता सेयरको करिब ६ अर्ब ३० करोड ५४ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २२६ कम्पनीको सेयर मूल्य बढेको छ, १२ कम्पनीको मूल्यमा गिरावट छ भने ४ कम्पनीको मूल्य स्थिर रहको छ।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड ९ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सनराइज फर्स्ट म्यूचुअल फण्डको सबैभन्दा धेरै कारोबार भयो।

Comments

Back to top