नेप्सेमा ६.१६ अंकको वृद्धि, ५ अर्ब ३८ करोडको सेयर कारोबार!

मंगलबार नेप्से परिसूचक ६.१६ अंकले बढेर २,६४६.८४ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०५ कम्पनीको कुल १ करोड २० लाख ८१ हजार ६०६ कित्ता सेयरको करिब ५ अर्ब ३८ करोड ४६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १२६ कम्पनीको सेयर मूल्य बढेको छ, १०७ कम्पनीको मूल्यमा गिरावट छ भने १० कम्पनीको मूल्य स्थिर रहको छ।

यस दिन कारोबार भएका ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ, १ परिसूचक स्थिर रहेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा सप्तकोशी डेभलपमेन्ट बैँक लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा सिन्दु विकास बैँक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १६ करोड ९२ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सिटिजन्स म्युचुअल फण्ड २ को सबैभन्दा धेरै कारोबार भयो।

Comments

Back to top