मोरङको पथरीमा राजमार्ग निर्माणका लागि बनेको प्लान्टबाट निस्केको धुवाँले वातावरणमा असर

एशियन हाईवे निर्माणका क्रममा मोरङको पथरी शनिश्चरे १० जिरी खिम्तीमा राखिएको ‘प्लान्ट’ ले वातावरणमा असर पुर्‍याएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।

प्लान्टबाट निस्किएको धूलो, धूँवा, दूषित पानी, विकार कच्चा पदार्थ र आवाजले समुदायमा असर परेको उनीहरूले बताएका छन् । स्थानीयवासीसँग आठ वर्षका लागि जग्गा भाडामा लिएर निर्माण कम्पनीले प्लान्ट स्थापना गरेर हाईवे निर्माणको काम गरिरहेको छ ।

आफूहरूसँगको सहकार्यविना र पथरी शनिश्चरे नगरपालिकालाई समेत जानकारी नगराई प्लान्ट स्थापना गरेर निर्माण शुरू गरेको स्थानीयवासीको भनाइ छ ।

कम्पनीले बस्तीभित्रै प्लान्ट राख्नाले घरभित्र धुलो पस्ने र बारीमा दूषित पानी, धूलो र धूँवा पसी बाली नष्ट भएको स्थानीयवासी भीम मगरले बताउनुभयो । प्लान्टबाट निस्किएको दूषित पानी र धूलो धूँवाका कारण अघिल्लो वर्षको तुलनामा उत्पादन आधा घटेको उनको भनाइ छ ।

नगरपालिकाले पटक–पटक स्थानीयवासीको रायसहित प्लान्ट सञ्चालन गर्न मैखिक जानकारी गराए पनि कम्पनीले बेवास्ता गरेको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईले बताए ।

एजेन्सी

Comments

Back to top