बाइडनले कार्यकाल सकिनुअघि इजरायललाई ८ अर्ब डलरको हतियार पठाउने
अमेरिकी विदेश मन्त्रालयले इजरायललाई ८ अर्ब डलर बराबरको हतियार दिने योजनाको बारेमा काङ्ग्रेसलाई जानकारी दिएको छ ।
हतियारको खेप पठाउन हाउस र सिनेट कमिटीबाट स्वीकृति चाहिन्छ ।
राष्ट्रपति जो बाइडनले पद छाड्नुभन्दा पन्ध्र दिनअघि यो निर्णय लिएका हुन् ।
गाजामा अनगिन्ती नागरिकको मृत्यु भएपछि इजरायललाई अमेरिकी सैन्य सहायता रोक्न माग गरिएको थियो तर वाशिङ्गटनले ती मागहरूलाई अस्वीकार गरेको छ ।
गत वर्ष अगस्टमा अमेरिकाले इजरायललाई २० अर्ब डलरको लडाकु विमान र अन्य सैन्य उपकरण बेच्न स्वीकृति दिएको थियो ।
एक अमेरिकी अधिकारीले भनेका छन् – हतियारको यो नवीनतम ब्याचमा हावाबाट हावामा मार हान्ने क्षेप्यास्त्र, हेलफायर मिसाइल, आर्टिलरी गोला र बमहरू समावेश छन्।
बिक्रीको जानकारी भएको एक स्रोतले शनिबार बीबीसीलाई भन्यो – राष्ट्रपतिले इजरायललाई अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय मानवअधिकार कानूनअन्तर्गत आफ्ना नागरिकहरूको रक्षा गर्ने र इरान र त्यसका प्रोक्सी सङ्गठनहरूको आक्रमणको जवाफ दिने अधिकार रहेको स्पष्ट पारेका छन् ।
अमेरिकाले इजरायललाई आवश्यक पर्ने ६९ प्रतिशत हतियार र सैन्य उपकरण निर्यात गर्छ ।
अक्टोबर ७, २०२३ मा हमासको आक्रमणपछि गाजामा इजरायली सैन्य कारबाहीमा ४५हजारभन्दा बढी मानिसहरू, जसमा अधिकांश महिला र बालबालिकाहरू मारिएका छन् ।
एजेन्सी
Comments