टोयोटाले २०२५ मा हाइब्रिड र इलेक्ट्रिक गरी ३ नयाँ कार लन्च गर्दै
टोयोटा किर्लोस्कर मोटरले सम्भावित रूपमा आगामी १८ महिनामा ३ नयाँ एसयूभी लन्च गर्नेछ। यी मध्ये एउटा मारुती सुजुकी ईभीएक्समा आधारित नयाँ इलेक्ट्रिक एसयूभी पनि हुनेछ । साथै दुई हाइब्रिड एसयूभी पनि लन्च हुने अपेक्षा गरिएको छ।
७–सिटर टोयोटा अर्बन क्रुजर हाइराइडर स् कम्पनीले टोयोटा अर्बन क्रुजर हाइराइडरको ७ सिट संस्करण २०२५ को सुरु वा मध्यमा लन्च गर्नेछ ।
यसले एमजी हेक्टर प्लस, टाटा सफारी, महिन्द्रा एक्सयूभी ७०० र हुन्डाई अल्काजार जैसे मोडेलहरूसँग प्रतिस्पर्धा गर्नेछ ।
स्ट्यान्डर्ड मोडलहरू भन्दा फरक बनाउन यसमा कस्मेटिक अपडेटका साथै नयाँ फिचरहरू पनि दिइनेछ। यसमा पुरानो मोडलकै १.५ लिटर माइल्ड–हाइब्रिड पेट्रोल र १.५ लिटर स्ट्रोङ हाइब्रिड पेट्रोल इन्जिन यथावत रहनेछ ।
टोयोटा अर्बन क्रुजर ईवी :
टोयोटाले जनवरीमा हुने २०२५ ब्रुसेल्स मोटर शोमा अर्बन क्रुजर ईभी लन्च गर्ने तयारी गरिरहेको छ। यसमा ४९ किलोवाट र ६१ किलोवाट गरी २ लिथियम आयरन–फस्फेट ब्याट्री विकल्पमा पेश गर्नेछ ।
४९ किलोवाट मोडलमा मार्केट(माउन्टेड मोटर जडान गरिएको छ, जसले १४४ एचपीको पावर र १८९ एनएमको टर्क जेनेरेट गर्छ । ६१ किलोवाटको मोडलले १७४ एचपीको पावर र १८९ एनएमको टर्क जेनेरेट गर्नेछ ।
टोयोटा फर्चुनर माइल्ड हाइब्रिड स् अन्तर्राष्ट्रिय बजारमा उपलब्ध टोयोटा फर्चुनर एमएचभी पनि चाँडै नै भारतीय बजारमा लन्च हुने भएको छ।
यसमा उत्कृष्ट माइलेज, कम एमिशन र उत्कृष्ट लो–स्पिड परफर्मेन्सका लागि ४८ भोल्ट माइल्ड–हाइब्रिड सिस्टमको इन्जिनलाई अझ राम्रोसँग जोडिएको छ। साथै रिपोर्टका अनुसार टोयोटाले नयाँ जेनेरेशनको फर्चुनरमा पनि काम गरिरहेको छ ।
एजेन्सी
Comments