अपडेट भएर आयो होन्डा युनिकर्न, थपिए यी नयाँ फिचर
होन्डाले भारतमा युनिकर्नको २०२५ संस्करण लन्च गरेको छ। सो नयाँ संस्करणमा धेरै अपडेट गरिएको छ । बाइकको मूल्य १ लाख १९ हजार ४८१ भारु तोकिएको छ ।
बाइकमा नयाँ एलईडी हेडल्याम्प र पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल थप गरिएको छ । जहाँबाट गियर पोजिसन इन्डिकेटर, सर्भिस ड्यु इन्डिकेटर र इको इन्डिकेटरबारे जानकारी पाउन सकिन्छ । बाइकमा युएसबी टाइप–सी चार्जिङ पोर्ट पनि राखिएको छ ।
नयाँ युनिकर्नमा १६२.७१ सिसी सिंगल–सिलिन्डर, ईन्धन–इन्जेक्टेड इन्जिन जडान गरिएको छ । जुन ओबिडि२बी अनुरूप छ । इन्जिनले १३ बिएचपी पावर र १४.५८ एनएम टर्क जेनेरेट गर्दछ भने यो ५–स्पीड गियर बक्ससँग जोडिएको छ ।
२०२५ युनिकर्न पर्ल इग्नियस ब्ल्याक, म्याट एक्सिस ग्रे मेटालिक, र रेडियन्ट रेड मेटालिक गरी कुल तीन रङ विकल्पमा उपलब्ध छ ।
युनिकर्न नेपाली बजारमा समेत निकै रुचाइएको मोडल भएका कारण निकट भविष्यमै यसको नयाँ मोडल समेत उपलब्ध अनुमान गर्न सकिन्छ।
एजेन्सी
Comments