राष्ट्रपतिद्वारा पाँच देशका राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका राजदूत नियुक्त गरेका छन्।
शुक्रबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले पाँच देशका राजदूत नियुक्त गरेको जानकारी दिएको हो।
मन्त्रीपरिषद्को सिफारिस अनुसार प्रकाशमणि पौडेललाई पोर्चुगलका लागि, सनिल नेपाललाई स्पेनको लागि, प्रा.डा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई कोरियाका लागि राष्ट्रपतिले राजदूत नियुक्त गरेका छन्।
उनीहरुलाई संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूतमा नियुक्त गरेको जनाइएको छ।
एजेन्सी
Comments