खोला किनारमा २० मिटर सीमा कायम गर्ने फैसला स्थगित
सर्वोच्च अदालतको २० मिटर सीमा कायम गर्ने फैसला हाललाई स्थगित भएको छ ।
सरकारले वागमती नदी तथा यसको सहायक नदिहरू र खोलाको दायाँ-बायाँ थप २० मिटर क्षेत्रलाई सुरक्षित गर्न सर्वोच्च अदालतको आदेश कार्यान्वयन नगर्ने निर्णय लिएको छ ।
सर्वोच्च अदालतले यस विषयमा पुनरावेदनको अनुमति दिएको कारण हाल फैसला कार्यान्वयन स्थगित गरिएको हो । २०८० पुस ३ गते सर्वोच्च अदालतले खोला किनाराको दायाँ-बायाँ थप २० मिटर क्षेत्रलाई नियमअनुसार सुरक्षित राख्नको लागि आदेश दिएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यस फैसालाको पुनरावलोकनको निवेदन दर्ता गरेको थियो। सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएपछि यस फैसालाको कार्यान्वयन आगामी निर्णयसम्म स्थगित गरिएको छ ।
सम्बन्धित सरकारी कार्यालयहरू, स्थानीय तह, बैंक र वित्तीय संस्थाहरूलाई यसबारे पत्राचार गरिने निर्णय पनि लिइएको छ ।
एजेन्सी
Comments