चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स

चालु आर्थिक वर्षको चार महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको ४ महिनाको तुलनामा विप्रेषण आप्रवाह ९ दशमलव १ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव ५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४७ हजार ४ सय ७८ रहेको छ । त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ लाख ३७ हजार ४ सय ७५ र ६८ हजार ८४१ रहेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ५६८ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५२१ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।

एजेन्सी

Comments

Back to top