प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो । यद्यपि, शेयर संख्या र मूल्य भने खुलाएको छैन ।

यो शेयर अहिले कम्पनीका कायम शेयरधनीले मात्रै खरिद गर्न पाउने व्यवस्था गरिएको छ । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र बैंकको कम्पनीसचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

साथै तोकिएको समयभित्र संस्थापक शेयधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि कम्पनीले जनाएको छ ।  शेयर बिक्री गर्ने संस्थापकको नाम र मूल्यबारे कार्यालयमै सम्पर्क गरेर बुझ्न सकिने बैंकले जनाएको छ ।

एजेन्सी

Comments

Back to top