सिरियाली शरणार्थीहरूलाई फर्काउन टर्किएले सीमा नाका खोल्ने
टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्किएले सिरियाली शरणार्थीहरूको स्वेच्छिक र सुरक्षित फिर्ताको सुविधाको लागि दक्षिणी हाते प्रान्तमा सिरियासँगको सीमाना खोल्ने बताएका छन् ।
टर्किएको राजधानी अंकारामा बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलनमा एर्दोगानले उक्त कुरा बताएका हुन् । सिरियाली शरणार्थीहरू फर्कने क्रममा भीडभाड रोक्न र ट्राफिकलाई सहज बनाउन यायलदागी क्रसिङ खोल्ने बताए ।
दक्षिणी हाते प्रान्तको यायलदागी क्रसिङ सिरियाको उत्तरपश्चिमी छेउमा अवस्थित छ । यस क्षेत्रमा द्वन्द्वका कारण सन् २०१३ देखि बन्द गरिएको छ ।
सिरियामा घर फर्कन खोज्ने सयौं शरणार्थीहरू पनि दक्षिणी टर्किएका दुई अन्य सीमानामा भेला भएका छन् ।
नोभेम्बर ३० मा अपडेट गरिएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार टर्किएएमा लगभग ३७ लाख सिरियाली शरणार्थी छन् ।
एजेन्सी
Comments