सर्वोच्चद्धारा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने फैशला

सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्व कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा चलाउने निर्णय सरकारी वकिलको कार्यालयको निर्णय सदर गरेको छ ।

आइतबार सर्वोच्चका न्यायाधिश कुमार चुडालको इजलासले यसअघि अधिकारीमाथि मुद्दा नचलाउने सरकारी वकिलको कार्यालयको निर्णय सदर गरेका हुन् ।

वरिष्ठ अधिवक्ता दिनेश अधिकारीले अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए । तर गत मंसिर १६ गते सर्वोच्च अदालतका रजिष्टार भद्रकाली पोखरेलले रिट दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरिदिएका थिए । रिट दरपीठविरुद्ध त्रिपाठीले दिएको निवेदनमाथि सुनुवाइ गर्दैै न्यायाधीश चुडालले उनीमाथि मुद्दा नचल्ने निर्णयको सदर गरेका थिए ।

कोशी प्रदेशको कानुनमन्त्री रहेकै बखतमा अधिकारी गत कार्तिक १३ गते जापानको टोकियो उडेका थिए । अधिकारीले फर्जी डकुमेन्ट बनाइ अन्य व्यक्तिहरुलाई समेत त्यहाँ पुर्याएका थिए । जापान पुगेका अधिकारीलाई विमानस्थलले इमिग्रेसनबाटै फिर्ता गरेपछि नेपाल आएका थिए । उनीमाथि मानव तस्करीको आरोप रहेको थियो । तर उनीमाथि मुद्दा नचलाउने सरकारी वकिलको कार्यालयको निर्णय सर्वोच्चले समेत सदर गरेपछि उनीमाथि मुद्दा नचल्ने भएको हो ।

एजेन्सी

Comments

Back to top