ओपेक राष्ट्रहरुले तेल आपूर्ति कटौती गर्ने सम्भावना

तेल उत्पादक मुलुकहरुको संगठन ओपेकले कच्चा तेलको बजारमूल्यमा तीव्र गिरावट आउन नसक्ने अनुमान गरिएको छ । ओपेक राष्ट्रहरुले कच्चा तेलको मूल्य विश्वव्यापी बजारमा गिरावट नआओस् भनेर आपूर्ति कटौतीको अवधि बढाउने सम्भावना देखिएको हो ।

आइतबारका लागि तय गरिएको बैठकमा सदस्यहको उपस्थितिमा देखिएको ढिलाइले मूल्य वृद्धिको कटौतीलाई निरन्तरता दिन सकिनेमा केही शंका उत्पन्न भएको छ । ‘ओपेक प्लसले पहिलो त्रैमासिकको अन्त्यसम्म थप तीन महिनाका लागि उत्पादन वृद्धि स्थगित गर्ने बिहीबार निर्णय गर्ने अपेक्षा गरिएको छ’, कमर्स बैंकका विश्लेषक कास्टर्न फ्रिट्सले भने, ‘केही देशहरू उत्पादन बढाउन चाहन्छन् त्यसैले अझै पनि अनिश्चितताहरू छन् ।’

भियनास्थित ओपेक संगठननिकट स्रोतका अनुसार भर्चुअल बैठक स्थानीय समयअनुसार बिहीबार साढे ११ बजे सुरु हुनेछ । ‘प्रतिदिन दुई दशमलव दुई मिलियन ब्यारेलको स्वैच्छिक अतिरिक्त उत्पादन कटौती गर्दै आएका आठ देशहरूले हाल जनवरीबाट उत्पादन बढाउन सुरु गर्ने तयारीमा छन् । उनीहरू नयाँ सम्झौताविना नै उत्पादनलाई क्रमशः बढाउँदै सन् २०२२ को स्तरमा फर्काउन चाहेका छन् ।

अल्जेरिया, इराक, कजाकिस्तान, कुवेत, ओमान, रुस, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) ले अक्टोबर र त्यसपछि डिसेम्बरमा सुरु भएको उत्पादन वृद्धिलाई दुई पटक पछाडि धकेलिसकेका छन् ।

आपूर्ति कटौतीले बजारमा मौन प्रभाव मात्र पारेको छ, अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकी तेल उत्पादनलाई बढावा दिने नीतिहरू अपनाउने अपेक्षा गरिएको छ अर्थव्यवस्था कमजोर रहेको सन्दर्भले गर्दा चीनको माग दर कमजोर छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले गत महिना आफ्नो हालको सन्तुलनले ओपेक प्लस कटौती कायम रहे पनि विश्वव्यापी आपूर्ति अर्को वर्ष प्रतिदिन १० लाख ब्यारेलभन्दा बढी अर्थात् मागभन्दा बढी हुने देखिन्छ । ओपेक प्लस राष्ट्रहरूले हाल दैनिक ६० लाख ब्यारेल तेल रोकेका छन्, जसमा दैनिक २२ लाख ब्यारेल तेल उत्पादन पनि समावेश छ जुन उनीहरूले बजारमा फिर्ता ल्याउनेबारे छलफल गरिरहेका छन् ।

डीएनबी बैंकका विश्लेषकहरूले बजारमा ‘सन् २०२५ मा ओपेक प्लस तेलको लागि अतिरिक्त कुनै ठाउँ छैन’ र उत्पादनमा वृद्धिले कच्चा तेलको मूल्यलाई तल धकेल्ने बताएका छन् । यसले साउदी अरबलाई अप्रसन्न बनाएमा यसले उसको अर्थव्यवस्थालाई विविधीकरण गर्ने प्रयासहरूको लागि तेलको उच्च मूल्यमा निर्भर बनाउँछ ।

एजेन्सी

Comments

Back to top