भारतीय केन्द्रीय बैंकले ब्याजदर स्थिर राख्ने अनुमान

भारतमा ब्याजदरबारे निर्णय गर्न मौद्रिक नीति समितिको बैठक बुधबारदेखि सुरु भएको छ । भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया (आरबीआई)का गभर्नर शक्तिकान्त दासले डिसेम्बर ६ मा बिहान १० बजे बैठकमा भएको निर्णयको घोषणा गर्नेछन् ।

आरबीआईले २०२३ फेब्रुअरीदेखि रिपो दर साढे छ प्रतिशतमा अपरिवर्तित राखेको छ । बजार विश्लेषकहरू र अर्थशास्त्रीहरूले भारतको मुद्रास्फीतिलाई लक्ष्य स्तरको नजिक ल्याउन केन्द्रीय बैंकले आफ्नो वर्तमान अडान कायम राख्ने अपेक्षा गरेका छन् ।

मौद्रिक नीति समितिमा छ जना सदस्यहरु छन् । जसमध्ये केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दास, डेपुटी गभर्नर माइकल पात्रा र कार्यकारी निर्देशक राजीव रञ्जन छन् । सरकारले अक्टुबर १ मा समितिमा राम सिंह, सौगता भट्टाचार्य र नागेश कुमार गरी तीन जना नयाँ सदस्य नियुक्त गरेको थियो ।

मौद्रिक नीति समितिको पछिल्लो बैठक अक्टुबरमा बसेको थियो । जसमा समितिले लगातार दशौँ पटक ब्याजदर स्थिर राखेको थियो । यस पटक पनि ब्याजदरमा कुनै परिवर्तन हुने अपेक्षा गरिएको छैेन । समितिको बैेठक हरेक दुई महिनामा बस्ने गर्छ ।

एजेन्सी

Comments

Back to top