एशियन लाइफको व्यतित बीमालेख नवीकरणमा छुट
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरणमा छुट दिने निर्णय गरेको छ।
एशियन लाइफबाट जारी गरिएका बीमालेख अन्तर्गत गत कात्तिक मसान्तसम्म बीमा शुल्क तिर्नुपर्ने मितिले ६ महिना नाघेका (पूर्ण व्यतित भएका) बीमालेख नवीकरण गर्दा छुट प्रदान गर्ने निर्णय गरेको हो।
यसरी व्यतित भएका बीमालेखहरू आज मंसिर २० गतेदेखि आउदो पुस १९ गतेभित्र नवीकरण गर्दा ब्याजमा छुट दिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
छुट योजनाअनुसार ५ वर्षदेखि माथि व्यतित बीमालेखमा ५० प्रतिशत र २ वर्षदेखि माथि ५ वर्षभन्दा कमको व्यतित बीमालेखमा २५ प्रतिशत छुट दिने व्यवस्था रहेको छ।
साथै २ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा र एकपटक छुट सुविधा लिइसकेका बीमितलाई यो योजना लागू हुने कम्पनीले जनाएको छ।
एजेन्सी
Comments