हिमालयन इन्फ्रास्ट्रक्चर फण्डको १६औं वार्षिक साधारणसभा माघ १८ गते

हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेडले १६औं वार्षिक साधारण सभा माघ १८ गतेका लागि बोलाएको छ ।

साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५.५२६३ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

साधारणसभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित लेखापरीक्षकको प्रतिवेदन, असार मसान्तसम्मको नाफानोक्सान हिसाबत तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण छलफल गरी पारित गरिनेछ ।

साधारण सभाले चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने, पुँजी वृद्धि गरी सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ । साधारण सभा एलफ्ट होटल ठमेल, काठमाडौंमा बिहान ११ बजेदेखि  शुरु हुनेछ ।

एजेन्सी

Comments

Back to top