कीर्तिपुरमा कांग्रेसका डंगोल विजयी, माओवादीका महर्जन दोस्रो
कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेस विजयी भएको छ ।
आइतबार सम्पन्न उपनिर्वाचनको अन्तिम मतपरिणामअनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल ५ हजार ३३४ मतसहित विजयी भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
यस्तै, माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जन ४ हजार ५५५ मतसहित दोस्रो भएका छन् । नेकपा एमालेका सुरेन्द्र मानन्धर ४ हजार ३३७ मतसहित तेस्रो भएका छन् ।
स्वतन्त्र उम्मेदवार राजमान महर्जनले २ हजार ३६ र अर्का स्वतन्त्र उम्मेदवार कविकुमार महर्जनले १ हजार ३१४ मत प्राप्त गरे ।
यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसनै विजयी भएको थियो ।
एजेन्सी
Comments