नेपाल टेलिकमको सत्रौं वार्षिक साधारण सभा पुस २८ गते बस्दै
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गएको वर्ष ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
कम्पनीको प्रस्तावित लाभांश पारित गर्न सत्रौं वार्षिक साधारण सभा बस्ने भएको छ । सो साधारण सभा पुस २८ गते आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गरेको छ । यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश पाउन सक्नेछन् ।
साथै साधारण सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
एजेन्सी
Comments