राष्ट्रसङ्घीय सुरक्षा परिषदको बैठकमा इजरायल–गाजा युद्धविराम प्रस्ताव पारित

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले पहिलो पटक गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित गरेको छ । अमेरिकाले प्रस्ताव गरेको इजरायल–गाजा युद्धविरामको योजना सुरक्षा परिषदबाट पारित भएको हो ।

सुरक्षा परिषद्का १५ सदस्यमध्ये १४ सदस्यले अमेरिकाले तयार पारेको प्रस्तावको पक्षमा मतदान गरेका थिए । रुस भने अनुपस्थित थियो । राष्ट्रसंघबाट प्रस्ताव पारित भएपनि कार्यान्वयन कसरी हुन्छ भन्ने प्रश्नहरु उतिकै छन् ।

हमासले युद्ध विरामका लागि आफ्ना अझै केही मागहरु इथावत रहेको प्रतिक्रिया दिएको छ । हमासले आफ्ना नागरिकको अधिकार र सुरक्षाका लागि वार्ता आवश्यक रहेको बताएको छ । यो अवस्थामा युद्धविराम कार्यान्वयन हुनेमा आशंकाहरु उब्जिएका छन् ।

इजरायलले गाजा क्षेत्रमा आठ महिना देखि आक्रमण जारी राखेको छ । जसका कारण उक्त क्षेत्रमा मानवीय संकट उत्पन्न भएको छ ।

युद्धका कारण गाजा क्षेत्रमा अहिलेसम्म ३७ हजार ८४ जनाको मृत्यु भइसकेको छ । गत शनिबार मात्रै शरणार्थी शिविरमा इजरायलले आक्रमण गर्दा कम्तिमा २७४ जनाको मृत्यु भएको थियो ।

एजेन्सी

Comments

Back to top