केजरीवाललाई सर्वोच्च अदालतको अन्तरिम जमानत, लोकसभा चुनावको प्रचार गर्न पाउने

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतको अन्तरिम जमानत दिएको छ ।

शुक्रबार सर्वोच्चका दुई न्यायाधीशको इजलासले यस्तो आदेश दिएको हो । सर्वोच्चले उनलाई जुन २ मा उपस्थित हुन समेत आदेश दिएको बीबीसीले जनाएको छ ।

मार्च २१ देखि हिरासतमा रहेका अरविन्दले अब जुन २ सम्म लोकसभा चुनावको प्रचार गर्न सक्नेछन् ।

अन्तरिम जमानतको घोषणा गर्दा अदालतले केजरीवालको गिरफ्तारीलाई चुनौती दिने सम्पूर्ण मुद्दाको सुनुवाइ चाँडै टुङ्गिने बताएको छ। अदालतले भन्यो, ‘हामी छिट्टै यस मुद्दाको सुनुवाइ गरेर टुंगो लगाउने प्रयास गर्नेछौँ ।’

अदालतको लिखित आदेश आउन बाँकी छ, त्यसपछि मात्रै अन्तरिम धरौटीको अवस्था थाहा हुनेछ । अदालतले केजरीवाललाई छिट्टै रिहा गर्नका लागि जेल प्रशासनमा जमानत बुझाउनुपर्ने भनेको छ ।

एजेन्सी

Comments

Back to top