आज अक्षय तृतिया पर्व मनाइँदै

आज अक्षय तृतिया । हरेक वर्ष सनातन धर्मावलम्वीले वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया मनाउदै आएका छन् ।

यो दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने परम्परा छ ।

ब्रह्मा–विष्णु–महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणमा उल्लेख छ ।

यस्तै आजका दिन छाता, जुत्तालगायत वस्तु पनि दान गर्ने चलन छ । आजका दिन बाटोमा सर्वत र सातु राखेर बटुवालाई खुवाउने परम्परा पनि छ । गर्मीयाम भएकाले जौको सातु र सर्वत खाँदा शरीरलाई फाइदा गर्ने आयुर्वेदमा उल्लेख छ ।

आजकै दिनबाट त्रेतायुगको आरम्भ भएको पौराणिक कथामा उल्लेख छ । अक्षय तृतीयाकै दिन भगवान् शिव पार्वतीको विवाह भएको पुराणमा उल्लेख छ । भगवान् विष्णुका छैटौँ अवतार परशुराम जयन्ती पनि वैशाख शुक्ल तृतीयाकै दिन मनाइन्छ ।

एजेन्सी

Comments

Back to top