वैशाख १५ गते हुने उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

एजेन्सी

Comments

Back to top