टेस्लाले २०२५ सम्ममा मानिसले जसरी नै काम गर्ने रोबोट बेच्न शुरु गर्न सक्ने

विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाले अर्काे वर्ष २०२५ को अन्त्यसम्ममा मानिसले जसरी काम गर्नसक्ने ‘ह्युमोनोइड रोबोट अप्टिमस’ बेच्नका लागि तयार हुनसक्ने जनाएको छ ।

एक सम्मेलनका क्रममा टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले ह्युमोनोइड रोबोटले मानिसले जस्तै गरी काम गर्नसक्ने दाबी गरे । रोबोटको प्रयोग वेयरहाउजिङ, लजिस्टिक, रिटेल र निर्माणको क्षेत्रमा प्रयोग गरिने मस्कलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

जापानको होन्डा र हुन्डाई मोटर्सको बोस्टोन डायनामिक्सले पनि लामो समयदेखि यस्तो रोबोट विकास गरिरहेका छन् । यसै वर्ष माइक्रोसफ्ट र एनभिडियाको समर्थित स्टार्टअप फिगरले जर्मन अटो निर्माता कम्पनी बीएमडब्ल्यूसँग ह्युमोनोइड रोबोट निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका खबरमा उल्लेख छ ।

टेस्लाको रोबोटको मूल्य र विशेषताबारे अहिले जानकारी उपलब्ध भइसकेको छैन । अर्बपति एलन मस्कले रोबोट बिक्री टेस्लाको अन्य क्षेत्रभन्दा ठूलो हिस्सा बन्नसक्ने यसअघि नै बताइसकेका छन् ।

एजेन्सी

Comments

Back to top