आफ्ना नागरिकलाई इजरायल छाड्न अस्ट्रेलियाको निर्देशन
अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छाड्न निर्देशन दिएको छ ।
शुक्रबार इजरायलले इरानमाथि आक्रमण गरेपछि अस्ट्रेलियाले आफ्ना नागरिकलाई यस्तो निर्देशन दिएको हो ।
अस्ट्रेलियाको विदेश मन्त्रालयले इजरायलमा रहेका आफ्ना नागरिकलाई ‘यदि इजरायल सुरक्षित छैन भने तुरुन्त छोड्नू’ भनेको छ ।
‘इजरायलविरुद्ध सैन्य र आतंकवादी हमलाको खतरा छ,’ अस्ट्रेलियाको विदेश मन्त्रालयले एक्समार्फत् भनेको छ।
आक्रमणपछि सो क्षेत्रमा खतरनाक अवस्था सिर्जना हुनसक्ने उल्लेख गरेको छ ।
‘हामी इजरायल र इजरायल नियन्त्रित प्यालेस्टाइनमा रहेका अष्ट्रेलियाली नागरिकहरूलाई स्वदेश फर्किन अपील गर्दछौं।’ विदेश मन्त्रालयले भनेको छ ।
इजरायल र इरानबीच केही समयदेखि तनाव चलिरहेको छ ।
एजेन्सी
Comments