अमेरिकाको विश्वविद्यालयमा प्यालेस्टिनीको समर्थनमा प्रदर्शन तीव्र

अमेरिकाको कोलम्बिया युनिभर्सिटीका विद्यार्थीले क्याम्पस भित्रको एउटा भवन कब्जा गरेर प्यालेस्टिनीहरूको समर्थनमा आफ्नो प्रदर्शनलाई तीव्र बनाएका छन् । प्रदर्शनका क्रममा केही  विद्यार्थी क्याम्पसको झ्याल तोडफोड गरेर भवनभित्र पसेर प्रदर्शन गरिरहेका छन् ।

गएको अप्रिलमा १७ मा कोलम्बिया विश्वविद्यालयबाट शुरु भएको यो प्रदर्शन अहिले अमेरिकाका धेरै विश्वविद्यालयमा पुगेको छ । प्रदर्शनमा सहभागी विद्यार्थीले विश्वविद्यालय प्रशासनले इजरायलसँग सबै सम्बन्ध तोड्न पर्ने माग गरेका बीबीसीले जनाएको छ। अमेरिकी विश्वविद्यालयमा दैनिक रुपमा प्रदर्शन बढ्न थालेपछि प्रहरीले विद्यार्थीलाई पक्राउ गरिरहेको छ ।

विश्वविद्यालयले पनि क्याम्पसलाई प्रदर्शनस्थल बनाएर विरोध सभा गर्ने विद्यार्थीलाई निकाल्न थालेको छ । इजरायल—गाजाबीचको  पछिल्लो तनावका सन्दर्भमा अमेरिकी विद्यार्थीले प्रदर्शन शुरु गरेका हुन् । प्रदर्शनकारीहरूले आफूहरूले प्यालेस्टाइनलाई समर्थन गरिरहेको जनाएका छन् । 

उनीहरुले राष्ट्रपति जो बाइडेन र युनिभर्सिटी प्रशासनप्रति असन्तोष व्यक्त गर्दै इजरायलले प्यालेस्टिनीमाथि गरिरहेको  नरसंहारलाई प्रवर्धन गर्नेगरी फन्डिङ र हतियार दिने कार्य भइरहेको आरोप लगाएका छन् । इजरायलले भने प्यालेस्टाइन क्षेत्रमा आफूले नरसंहार गरेको कुरालाई अस्वीकार गर्दै आइरहेको छ ।

एजेन्सी

Comments

Back to top